Logo

मिन भामको ‘चिसो वर्ष’ लाई १ करोड ७ लाख बराबरको ‘ताईपेई फन्ड’

कखरा संवाददाता


काठमाडाैं । निर्देशक मिन भामको आगामी चलचित्र ‘चिसो वर्ष’ ( अ इयर अफ कोल्ड) लाई १ करोड ७ लाख रुपैयाँ बराबरको नगद सहयोग प्राप्त भएको छ। ताईपेई फिल्म फन्ड’ ले उनलाई चलचित्र निर्माणको लागि उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो।

ताइपेई सरकाले हरेक वर्ष ४ देखि ६ ओटा चलचित्रलाई यो फन्ड प्रदान गर्ने गर्छ। यस वर्ष नेपाल लगायत बंगलादेश, फ्रान्स, मलेसिया र अमेरिका गरी ५ देशका चलचित्रले सहयोग पाएका हुन्।

भामको चिसो वर्ष नेपाल, टर्की, नर्वे, ताइवान र हङकङको सहनिर्माणमा बन्न लागेको चलचित्र हो। भामले यस अघि चलचित्र कालोपोथी निर्देशन गरेका थिए, यो चलचित्रले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड पनि जितेको थियो।

भामकै निर्देशनमा बन्न लागेको ‘चिसो वर्ष’ को स्क्रिप्टलाई टर्कीको ‘ट्वेल्भ पुन्टो स्क्रिप्ट ल्याब’ ले १ करोड ३ लाख रुपैयाँ बराबरको सहयोग पाएको थियो।

प्रतिक्रिया दिनुहोस्