Logo

सिटामोल अभाव अझै कायम, अस्पताल वरपरका फार्मेसीमा मात्र पाइन्छ

कखरा संवाददाता


काठमाडौं । उपत्यकाका अस्पताल परिसरका फार्मेसीमा केही दिनयता सिटामोल अभाव छैन ।

तर, अन्य स्थानका पसल र देशभरीका अधिकांश स्थानमा भने अभाव कायमै छ । सरकारले उत्पादन वृृद्धि गरी सिटामोलको अवस्था सहज भएको दाबी गरे पनि उपभोक्ताहरूले भने अभाव खेप्न बाध्य भएका छन् ।

देश तेस्रो लहरको कोरोनाले आक्रान्त पारिरहेका सिटामोलको हाहाकार फैलियो । अधिकांश फार्मेसीमा सिटामोल अभाव हुन थाल्यो । उपभोक्ताले सिटामोल पाउन छाडे । सरकारी निकाय त्यतिबेला मात्रै देखियो जुनबेला बजारमा हाहाकार भइसकेकाे थियो ।

महामारी फैलिइरहेकै बेला देखिएको अभाव नियन्त्रणका लागि सरकारसँग बारम्बार माग गरेपछि अस्पताल नजिकैका फार्मेसीमा सिटामोल देखिन थालेको छ । तर, अस्पताल परिसरमा नभएका फार्मेसी र औषधि पसलमा भने सहज रूपमा सिटामोल पाइएको छैन ।

आम उपभोक्त्ताले पनि औषधि पसलमा सिटामोल माग्दा नपाएको गुनासो गरेका छन् । विगत १४ वर्षदेखि औषधिको मूल्य समायोजन हुन नसक्दा औषधि उत्पादनमा उत्पादकहरुको रुचि घटेको औषधि विभागका प्रवक्ता सन्तोष केसी बताउनुहुन्छ ।

आगामी दिनमा सिटामोलको अभाव हुन नदिन सरकारले मूल्य समायोजन गरि औषधि उत्पादन क्षमता बढाउनुपर्ने औषधि व्यवस्था विभागको तर्क छ ।

पछिल्लो समय सिटामोलको उत्पादन वृद्धि गरेको विभागको दाबी छ । तर, उस्ले दाबी गरेजस्तो बजारमा सिटामोल भने पाईँदैन । मूल्य समायोजनका लागि कृत्रिम अभाव सिर्जना समेत भईरहेका समयमा सिटामोलको अभाव हुनु गैरजिम्मेवारपन हो ।

प्रतिक्रिया दिनुहोस्