Logo

आईपीएल : हैदरावादविरुद्ध गुजरातको रोमाञ्चक जित

कखरा संवाददाता


नुवाकोट । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएरातिको खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदरावादविरुद्ध रोमाञ्चक जित निकालेको छ ।

हैदरावादले दिएको १ सय ९६ रनको लक्ष्य गुजरातले पुरै ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्‍यो ।

वाङ्खेडे स्टेडियममा भएको खेलमा अन्तिम ओभरमा राशिद खान र राहुल तेवतियाले छक्का नै छक्का प्रहार गरेपछि गुजरातले हैदरावाद विरुद्ध ५ विकेटको जित निकालेको हो ।

राशिद खानले ११ बलमा ३१ रन र राहुल तेवातियाले २१ बलमा ४० रन जोडे । यी दुईले छेटौं विकेटका लागि ५९ रनको साझेदारी गरे ।

गुजरातका तर्फबाट ओपनर्स रिद्धिमान साहले ६८, शुभमन गिलले २२ तथा डेभिड मिलरले १७ रनको पारी खेलेका थिए । हैदरावादका उमरान मलिकले २५ रन दिएर ५ विकेट लिए ।

जितसँगै ८ खेलबाट १४ अंक जोडेको नव प्रवेशी गुजरात शीर्ष स्थानमा छ । पराजित हैदरावाद १२ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्