Logo

नेपालले ओन्टारियोलाई ६९ रनले हरायो

कखरा संवाददाता


काठमाडौं : क्यानाडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई पराजित गरेको छ। गएराति राति भएको खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको हो ।

नेपालले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको ओन्टारियोले ४२ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५१ रन बनाउन सक्यो । ओन्टारियोका रियाजखान पठानले ३६ रन बनाउँदा कप्तान नरेश बुढाऐरले २९ रन जोडे। यस्तै निकोलस मनोहरले २५ तथा जश शाहले २० रन बनाए ।

नेपालका पवन सरार्फले ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र किशोर महतोले २२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २० रन बनाएको थियो । नेपालका लागि विनोद भण्डारीले ५७ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै आसिफ शेखले ४२ रन जोड्दा देव खनालले २७ रन बनाए।  बसिर अहमेदले २४ रन जोड्दा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले सामान १९ रन जोडे । कुशल भुर्तेलले १३ रन जोडे भने आदील आलम १० रन अविजित रहे ।ओन्टारियोको शील पटेलले ३ विकेट लिए ।

क्यानडासँगको सिरिज अघि नेपालले अभ्यास खेल खेलेको हो । अब नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ। नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ ।

त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्