Logo

दक्षिण कोरियामा अवैध रूपमा काम गरेका १३ जना नेपाली पक्राउ

कखरा संवाददाता


काठमाडौं । दक्षिण कोरियामा अवैध रूपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् ।

दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेका नेपालीहरूको नाम ठेगाना भने खुलेको छैन् ।

ती सबैलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ ।

अध्यागमन अधिकारीका अनुसार ४ जना नेपालीहरू कृषि तथा माछापालन मौसमी कामको रूपमा प्रवेश गरी करार अवधि नपुग्दै गैर-कानूनी रूपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका छन् ।

अन्य नौ जना भने भिसा अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्