Logo

अमेरिकी बास्केटबल स्टार ब्रिट्नी ग्रिनरलाई रुसमा ९ वर्षको जेल

कखरा संवाददाता


काठमाडौं । अमेरिकी महिला बास्केटबल स्टार खेलाडी ब्रिट्नी ग्रिनरलाई रुसको एउटा अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ ।

अदालतले लागु औषध प्रशोधन र ओसारपसारको आरोपमा उनलाई यति लामो सजाय सुनाएको हो । उनलाई १० लाख रुबेलकाे जरिवानासमेत ताेकिएकाे छ ।

दुई पटककी ओलम्पिक स्वर्ण पदक विजेता बास्केटबल खेलाडी ग्रिनरले भने आफूले केही कोस्टर आयल बोकेको भएपनि त्यो लागु औषध तस्करी र कारोबार प्रयोजनको लागि नभएको प्रतिक्रिया दिएकी छन् ।

आफूबाट अन्जानमै ‘इमानदार गल्ती’ भएको भन्दै ग्रिनरले क्षमायाचना गरेपनि अदालतले उनको याचना सुनेन ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले अमेरिकासँग राजनीतिक शत्रुता साँध्ने काम गरेको भन्दै ग्रिनरमाथिको कारबाही कुनै हालतमा स्वीकार्न नसकिने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्