Logo

नेपाल टेलिकमद्वारा ई–सिमको सफल परीक्षण

कखरा संवाददाता


काठमाडौं । नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम)को सफल परीक्षण गरेको छ ।

हाल बजारमा उपलब्ध हुने प्लास्टिक तथा धातुबाट निर्मित चिप जडित कार्डको विकल्पमा कम्पनीले मोबाइल तथा अन्य डिजिटल उपकरणमै गाँस्न सकिने ई–सिमको सफल परीक्षण गरेको हो ।

परीक्षण सम्पन्न भइसकेपछि कम्पनीले बिक्रिको मोडल तयार गरिरहेको छ । कम्पनीका प्रवक्ता शोभन अधिकारीले परीक्षण सम्पन्न भएर बिक्रीवितरणमो मोडलमा काम भइरहेको बताए ।

वितरणको मोडल फाइनल हुने बित्तिकै ई–सिमको वितरण सुरु हुनेछ । भौतिक रूपमा उपस्थित गराएर वितरण गराउने मोडल पारित भए साउन महिनाभित्रैबाट वितरण सुरु हुने र अनलाइनमार्फत वितरण गर्ने मोडल पारित भएमा त्यसका लागि सिस्टम तयार गर्नुपर्ने उनको भनाइ छ ।

त्यसका लागि एक महिना लाग्ने र भदौ अन्तिमबाट वितरण गर्न सकिने प्रवक्ता अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्