Logo

कपिलवस्तुमा डेंगुका बिरामी भेटिए

कखरा संवाददाता


कपिलवस्तु । कपिलवस्तुमा डेंगुका बिरामी भेटिन थालेका छन् ।

साउन महिना लागेपछि कपिलवस्तुमा पनि डेंगुका बिरामी फेला परेका हुन् । अहिले जिल्लाको तीन स्थानीय तहमा डेंगुका बिरामी भेटिएका हुन् । बाणगंगा नगरपालिकामा ४६ जना, कृष्णनगर नगरपालिकामा २ जना र विजयनगर गाउँपालिकामा १ जना गरि जिल्लामा ४९ जना डेंगुका बिरामी फेला परेका छन् ।

डेंगु कृष्णनगर र विजयनगर नगरपलिकामा भने पुष्टि गरेको छैन् । बाणगंगा नगरपालिकाका विभिन्न स्थानमा भेटिएका ४६ जना डेंगुका संक्रमित मध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि बुटवल पठाइएको छ । बाँकी संक्रमितहरुको नगरका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाईएको छ ।

बाणगंगाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले नगरभित्र डेंगुका बिरामी बढेपछि मंगलबार नगरका विभिन्न स्थानको निरीक्षण गरेको बताउनुभयो । मंगलबार नगरका सबै सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई बोलाएर बाणगंगाले यस विषयमा सक्रियतापूर्वक काममा लाग्न निर्देशन दिए पनि जिल्ला जनस्वास्थय कार्यालयले चासो देखाएको छैन ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले भने बाणगंग नगरपालिकामा ३९ जना बिरामी भेटिएको बताउनुभयो। स्थानीय तहमा रहेको स्वास्थ्य शाखासँग सम्पर्क, समन्वय गरी जनसमुदायमा चेतनामुलक कार्यक्रमलाई तीव्रता दिने बताउनुभयो ।

त्यस्तै, स्वास्थ्य कार्यालय जिम्मेवार नबन्दा कपिलवस्तुमा विभिन्न विपतहरुको सामना गर्नुपरेको छ । गत वर्ष हैजाको सूचना लुकाउँदा आम नागरिकहरुमा हैजा फैलिदा ठूलो समस्या सिर्जना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्