Logo

जिया खानकी आमाको कारण सुरज पंचोली पुन: विवादमा

कखरा संवाददाता


एजेन्सी । भारतीय अभिनेत्री जिया खानकी आमाले अभिनेता सुरज पंचोलीमाथि धेरै गम्भीर आरोप लगाएकी छिन् ।

जसकारण सुरज पुन: एकपटक विवादमा परेका छन् । सुरजकी प्रेमिका जियाको २५ वर्षको उमेरमा मृत्यु भएको थियो । मृत्युपछि उनी चर्चामा छिन् । अब यस मामिलामा जियाकी आमाले अदालतमा दिएको केही बयानपछि सबै चकित परेका छन् ।

३ जुन २०१३ मा जिया मुम्बईस्थित आफ्नो घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । सुरूमा यो घटनालाई आत्महत्या मानिएको थियो । यस मामिलामा सुरज पनि एक पटक पक्राउ परेका थिए । हालै जियाकी आमालाई पनि अदालतमा उपस्थित हुन बोलाइएको थियो । त्यसपछि जियाकी आमा राबिया खान अदालतमा हाजिर भएकी छिन् ।

उनले अदालतमा सुरजले आफ्नी छोरी जियालाई मानसिक र शारीरिक यातना दिने गरेको बताएकी छन् । जियाकी आमाले थप बताउँदै भनिन्, ‘सुरजले मेरो छोरीलाई साथीहरूको अगाडि अपमानित गर्थे, यतिसम्म कि जियासँग बस्दा पनि अन्य केटीहरूसँग फ्लर्ट गर्थे ।’ यी सबै खुलासापछि अब केसमा नयाँ मोड आएको छ । केही समय अघिसम्म आमालाई शंका गर्नेहरूले अब फेरि सुरजमाथि शंका गर्न थालेका छन् ।

जियाको आत्महत्या प्रकरणमा पक्राउ परेका सुरज धरौटीमा छुटेका हुन् । सुरज र जियाको भेट सन् २०१२ मा सामाजिक सञ्जालमार्फत भएको थियो । जियाको मृत्यु के कारणले भएको हो अझै खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्