Logo

संसदीय निर्वाचनमा म्यादीको सङ्ख्या एक लाख १५ हजार, ६ अर्ब खर्च

कखरा संवाददाता


काठमाडौँ : प्रदेश र सङ्घको निर्वाचनका लागि सरकारले एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने भएको छ। स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी भर्ना गरेकोमा संसदीय निर्वाचनमा थप १५ हजार म्यादी थप्ने भएको छ।

म्यादीका लागि मात्र अर्थ मन्त्रालयले ६ अर्ब बजेट छुट्टाएको छ। उनीहरूका लागि यो पटक मासिक २६ हजार पारिश्रमिक तोकिएको छ। स्थानीय तहको निर्वाचनमा २२ हजार ६ सय पारिश्रमिक तोकिएको थियो।

स्थानीय तहको निर्वाचनमा भन्दा संसदीय निर्वाचनमा करिब पाँच सय मतदानस्थल बढ्ने भएकाले म्यादीको सङ्ख्या समेत बढाइएको गृहका एक अधिकारीले बताए। स्थानीय तहको निर्वाचनमा १० हजार सात सय मतदान केन्द्र तोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्