Logo

फ्रान्सकाे राजधानीमा गणेश रथयात्रा

कखरा संवाददाता


फ्रान्स । फ्रान्सको राजधानी पेरिसमा आइतबार गणेश रथयात्रा गरिएको छ।

पेरिसको मुटु लाचापेलमा हिन्दूहरूको पर्व गणेश चतुर्थीको अवसर पारेर गणेश रथ यात्रा गरिएको हो। जसमा श्रीलंका, भारत, नेपाल, बङ्गलादेश, कम्बोडिया लगायतका हिन्दू धर्मावलम्बीहरूको सहभागिता रहेको थियो।

फ्रान्स सरकारले सबै धर्मलाई समभावको रूपमा लिएको छ । रथ यात्राको रुटका पर्ने सबै सडक खाली गरिएको थियो भने स्वास्थ्य सुरक्षाका लागि सडकमा सेनिटाइजर प्रयोग गरिएको थियो।

रथयात्राका क्रममा विभिन्न देशका गणेश चतुर्थीसँग सम्बन्धित झाँकीहरूसमेत प्रस्तुत गरिएको थियो । नेपालमा भने गणेश चतुर्थी बुधबार मनाइँदैछ।

प्रतिक्रिया दिनुहोस्