Logo

फ्रान्समा एक नेपाली युवतीले गरिन् आत्महत्या

कखरा संवाददाता


फ्रान्स : फ्रान्स बस्दै आएकी एक नेपाली युवतीले आत्महत्या गरेकी छन्।

फ्रान्सको लाकुर्नोभ सहरमा बस्दै आएकी सर्लाहीकी २५ वर्षीय सानुमाया श्रेष्ठले आत्महत्या गरेकी हुन्।

फ्रान्स प्रहरीका अनुसार उनले एक हप्ता अघि आफू बस्ने स्थान नजिकैको सल्लाको रूखमा झुन्डिएर आत्महत्या गरेकी हुन्।  उनले फ्रान्समै बस्न शरणार्थीका रूपमा आवेदन दिएकी बताइएको छ।

उनको राहदानी (पासपोर्ट) मा ठेगाना सर्लाही मात्र लेखिएको छ । बाँकी अन्य कुरा भने खुलाइएको छैन।

उनको शव भने स्थानीय अस्पतालमा नै राखिएको छ । उनको शव बुझ्न उनको परिवार र फ्रान्समा रहेका नेपालीहरूलाई स्थानीय प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्