Logo

डेटा, भ्वाइस र एसएमएसमा नयाँ प्याक सहित टेलिकमले ल्यायो ‘अटम अफर’

कखरा संवाददाता


काठमाडौं : नेपाल टेलिकमले अटम अफर २०७९ सञ्चालनमा ल्याएको छ। कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्यधिक रुचाएको पाइएकोले यसमा सोही अफरअन्तर्गत केही प्याकहरुलाई अद्यावधिक र केहीलाई निरन्तरता दिई अटम अफर ल्याएको टेलिकमले जनाएको छ।

यो अफर बढीमा आगामी ९० दिनसम्म सञ्चालनमा रहने बताइएको छ। यस अन्तर्गत सजिलो प्रिपेड कम्बो अफर, सजिलो अनलिमिटेड प्रिपेड प्याक, सस्तो प्रिपेड प्याक, अननेट एसएमएस प्याक र इन्डिया कल अफर लगायतका विभिन्न प्याकहरु सञ्चालनमा ल्याइएको छ।

सजिलो प्रिपेड कम्बो ३४९ अन्तर्गत प्रतिदिन ५०० एमबी डाटा, प्रतिदिन ५० मिनेट (अल नेटवर्क) भ्वाइस र दैनिक ५० वटा (अल नेटवर्क) सन्देश पठाउन सकिने लगायतका सुविधा छन्। अन्य प्याकहरु र अफरमा पनि विभिन्न आकर्षक सुविधाहरु उपलब्ध रहेकाे टेलिकमकाे भनाइ छ।

अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *1415#  डायल गर्नुपर्ने छ। त्यस्तै कम्पनीको ‘नेपाल टेलिकम’ एप र वेबसाइटमार्फत पनि यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्