Logo

२ सय करोड ठगी मुद्दामा ज्याकलिनलाई राहत, अदालतले दियाे जमानत

कखरा संवाददाता


एजेन्सी : २ सय करोड ठगी मुद्दामा ज्याकलिन फर्नान्डेजलाई अदालतले जमानतमा रिहा गरेको छ।

मंगलबार पटियाला हाउस अदालतले उनको मुद्दामा जमानतमा रिहा गर्दै अनुमति लिएर विदेश जान पनि छुट दिएको हो।

अदालतले केही दिनका लागि देशबाहिर जानसक्ने भए पनि सदाका लागि देश छोड्न नसक्ने स्पष्ट पारेको छ।

अब अदालतले ज्याकलिन विरुद्धको आरोपमा बहसका लागि नोभेम्बर २४ मा तारेख तोकेको छ। ज्याकलिनको अन्तरिम जमानत नोभेम्बर १० मा नै सकिएको थियो।

त्यसपछि उनले नियमित जमानतका लागि निवेदन दिएकी थिइन्। यसबारे नोभेम्बर ११ मा निर्णय हुने थियो। तर, अदालतले फैसला सुरक्षित राखेको थियो।

ज्याकलिन २०० करोडको मनी लान्ड्रिङ प्रकरणका मुख्य आरोपी सुकेश चन्द्रशेखरसँग नजिक थिइन्। ज्याकलिनमाथि ठगीको पैसा दुरुपयोग गरेको आरोप छ।

योसँगै ईडीले ज्याकलिनलाई पनि यस मामिलामा आरोपी बनाएको छ। तर, अर्कोतर्फ ज्याकलिनले यस मामिलामा आफू आफैँ पीडित भएको बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्