Logo

युएईले दिएकाे १९२ रनको लक्ष्य पछ्याउँदै नेपाल

कखरा संवाददाता


काठमाडौं: नेपाल र यूएईबीच जारी दोस्रो एकदिवसीय खेलमा नेपालले यूएईलाई ४३ ओभर २ बलमा १९१ रनमा समेटिदियो।

यूएईले आफ्नो सबै विकेट गुमाउँदै नेपाललाई १९२ रनको लक्ष्य दियो।

यूएईका लागि मुहम्मद वासिमले ५० रनको अर्धशतकीय पारी खेले। अलिशन शराफुले ३५ र भ्रित्य अरबिन्दले २५ रन बनाए।

बलिङतर्फ नेपालका सोमपाल कामीले ३ विकेट लिए। यस्तै ललित राजवंशीले पनि ३ विकेट लिए। करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले १/१ विकेट हात पारे।

पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालका लागि आजको खेलमा जित अनिवार्य छ। यता यूएईले आजको खेल जितेमा एक खेलअगावै श्रृङ्खला उसैले कब्जा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्